१२ बैशाख २०८१, बुधबार

संकटमा अमानवीयता : काठमाण्डौंबाट इ्ट्टा बोक्ने टिप्परमा कोचेर ४९ जना मजदुरलाई रोल्पा पठाईंयो

प्रकाशित मिति :  30 March, 2020 3:47 pm


रोल्पा, १७ चैत ।

ललितपुरमा इट्टा भट्टामा फसेका मजदुरलाई ‘भेडाबाख्रा झैं’ कोचेर रोल्पा पठाईएको छ । ललितपुर जिल्ला प्रशासनबाट १६ जनाको अनुमति लिएर दुइवटा इट्टा बोक्ने टिप्परमा ४९ जना मजदुरलाई रोल्पा पठाईएको हो ।

 

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको के.सी. चिम्नी इट्टा उद्योगमा कार्यरत ४९ जना रोल्पाका मजदुरलाई अमानवीय किसिमले कोचेर  बा ४ ख ७१३२ र बा ५ ख १६२१ नम्बरको इट्टा बोक्ने टिप्परमा पठाईएको हो । मिनि ट्रकमा त्रिवेणी गाँउपालिकाका ७ जना, रोल्पा नगरपालिकाका ४२ जना मजदुर रोल्पा पुगेका थिए । टिप्परमा मान्छे लैजान जिल्ला प्रशासन कार्यालय ललितपुरले नै अनुमति दिएको भेटिएको छ ।

महिला केटाकेटी समेत काठमाण्डौंबाट टिप्परमा रोल्पा पुराइएको छ । रुन्टीगढी गाँउपालिकाका पर्यटन फोकल पर्सन दीपक डाँगीले टिप्परमा आएका मजदुरहरुका हालत दया लाग्यो भएको बताए । भनले भने,‘यस्तो संकटको बेलामा ईट्टा बोक्ने दुईवटा टिप्परमा ४९ जना मज्दुरलाई काठमाडौंबाट रोल्पासम्म १४ घन्टा भन्दा वढी रातभर खादेर बिहान होलेरी पुराएको भेटियो, कम्तिमा वसको व्यवस्था गरिनु पथ्र्यो ।’

मजदुरहरुलाई रोल्पा पुराउँदा कुनै सावधानी नपनाएको पाईएको छ । फोकल पर्सन डाँगीले भने,‘कुनै सावधानी नअपनाईकन यसरी गाउँ ल्याउँदा गाँउहरुमा जोखिम बढिरहेको छ गाउँहरुमा । यस्तो अवस्थामा भट्टा संचालकले मज्दुरहरुलाई उतै राखेर रासन पानी र औषधिको व्यवस्था गर्न सक्थ्यो ।’ उनले यो अति अमानवीय शैली भएको बताए ।

१६ जना मात्रै अनुमति लिएपनि ४९ जना राखेर ल्याएको उल्लेख गरे । टिप्परलाइ कारवाही गर्दा झन् अफ्ठेरो पर्ने भएकाले सम्बन्धित गाँउपालिकालाई सम्पर्क गराएर जिम्मा लगाएको उनको भनाई थियो । अहिले पनि रोल्पाबाट मजदुरी गर्न काठमाण्डौ उपत्यकासहित पोखरा लगायतका ठाँउमा पुगेका मजदुरहरु फसिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !