७ जेष्ठ २०८१, सोमबार

१ महिना भित्र खर्च विवरण नबुझाउने उम्मदेवारलाई कालो सूचिमा राखिने : निर्वाचन आयुक्त

प्रकाशित मिति :  15 September, 2022 2:49 pm


काठमाडौं ।
निर्वाचनमा भाग लिएका उम्मेदवारले एक महिनाभित्र खर्च विवरण नबुझाए कालोसूचिमा राखिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

बिहीबारदेखि सुरु गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनमा भाग लिने उमेदवारले एक महिनाभित्र खर्च सार्वजनीक नगरे ६ वर्ष कालो सूचीमा राख्ने बताएका हुन् । कालो सूचीमा परेका उम्मेदवारले ६ वर्ष फेरि उम्मेदवार बन्न नपाउने उनको भनाइ छ ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले निर्वाचन पर्यवेक्षकहरुका लागि नगरकोटमा आयोजना भएको उक्त कार्यक्रममा थपलियाले भने उमेदवारले गर्ने खर्चको पनि नियोकले पर्यवेक्षण गर्दै दलीय व्यवस्थामा दलले आफ्ना नीति विचार र सिद्धान्त स्पष्ट गर्नुपर्ने भन्दै उनले निर्वाचनमा भाग उम्मेदवारले लिने हो कि दलले लिने हो प्रस्ट पार्दै आयोगले तोकेको रकम निर्वाचन लड्न पर्याप्त रहेको छ ।

उम्मेदवारले आयोगले तोकेको रकमले पुग्दैन भन्नु मतदाताको अपमान भएको प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति घोषणादेखि मतपरिणम घोषणापछि विजयी उम्मेदवारले गर्ने भोज भतेर पनि निर्वाचन खर्चमै जोडिएकाले यसको पनि पर्यवेक्षण गर्नुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा ७७ जिल्लाका जिल्ला संयोजक तथा सातै प्रदेशका संयोजकको सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !