७ जेष्ठ २०८१, सोमबार

विश्व कीर्तिमान राख्ने बृहत रक्तदान आयोजना गर्दै तेरापंथ युवक परिषद्, १५०० युनिट रगत संकलनको लक्ष्य

प्रकाशित मिति :  15 September, 2022 12:07 pm


काठमाडौं । तेरापंथ युवक परिषद् काठमाडौंले विश्व कीर्तिमान राख्ने बृहत रक्तदान (मेगा ब्लड डोनेशन ड्राइभ) असोज १ गते आयोजना गर्ने भएको छ ।

उक्त ब्लड डोनेशन कार्यक्रम काठमाडौ, ललितपुर, किर्तिपुर, विरगञ्ज, विराटनगर, धुलाबारी, भैरहवा, धरान र राजविराज लगायत २० वटा शहरमा आयोजना हुनेछ ।

हालको समयमा कोभिड १९ र डेंगु रोगले गर्दा ब्लड बैंकमा ब्लडको कमी भएको हुनाले उक्त ब्लड डोनेशन कार्यक्रमले ब्लड आपूर्तिमा सहयोग पुर्याउने आयोजकले बताएको छ ।

ब्लड डोनेशन कार्यक्रममा १८ वर्ष देखि ६५ वर्षसम्मका स्वस्थ्य मानिसहरुले ब्लड दिन सक्नेछन् । त्यसैगरि पुरुषहरुको हकमा प्रत्येक ३ महिनामा र महिलाहरुको हकमा प्रत्येक ४ महिनामा ब्लड डोनेट गर्न सक्ने आयोजकले जनाएको छ ।

ब्लड डोनर सोसाइटी नेपाल, नेपाल रेडक्रस सोसाइटी, पशुपति सेवा संघ, मारवाडी युवा मञ्च, लायन्स क्लव जस्ता विभिन्न संस्थाबाट तथा सांसद नवरतम बैदबाट कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा २० वटा सहरमा १२०० देखि १५०० युनिट भन्दा बढी ब्लड संकलनको लक्ष्यमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !