७ जेष्ठ २०८१, सोमबार

स्याङ्जाबाट फरार रहेका ४६ जना प्रतिवादी पक्राउ

प्रकाशित मिति :  15 September, 2022 12:19 pm


स्याङ्जा । स्याङ्जा जिल्लाका विभिन्र पालिकाहरुबाट फरार रहेका ४६ जना प्रतिवादीहरु पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालका अनुसार विभिन्न मितिमा भएका फैसलाबाट फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत ४६ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयबाट परिचालन गरिएको प्रहरी टोलीले विगत ५ वर्षको अवधिदेखि फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

फरार प्रतिवादीहरुबाट १ लाख २६ हजार ७५ रुपैयाँ राजस्व असुल गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !