७ बैशाख २०८१, शुक्रबार

आजदेखि दर्ता नभएका मोबाइल सेटहरु नचल्ने

प्रकाशित मिति :  15 September, 2022 3:08 pm


काठमाडौं । आजदेखि दर्ता नभएका मोबाइल सेटहरु नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गरेसँगै दर्ता नभएका मोबाइल फोन नचल्ने भएका हुन् ।

बिहीबार प्राधिकरणले आज सूचना जारी गर्दै नेपालमा चोरी पैठरी तथा अवैध रुपमा भित्रिएको मोबाइलको आयात रोक्ने भन्दै विगत लामो समयदेखि एमडीएमएस प्रणाली कार्यान्वयनमा आएको जनाएको छ ।

‘मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न प्राधिकरणले एमडीएमएस प्रणाली लागू गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

उक्त प्रणाली लागू भएसँगै चोरी पैठरी तथा अवैध रुपमा भित्रिएका मोबाइल सेटहरु अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ता नभएको मोबाइल सेट भने नचल्ने प्राधिकरणले जनाएको छ ।

तर, आजसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका मोबाइल सेटलगायत चालु रहेका मोबाइल सेट स्वः एमडीएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाइएको प्राधिकरणको भनाइ छ ।

मोबाइल आयातकर्तारविक्रेताहरुले मोबाइल आयात गर्नुअधि अनिवार्य रुपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।

साथै प्राधिकरणले आजदेखि मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्राधिकरणको एमडीएमएस (mdms.nts.gov.np) प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !