७ जेष्ठ २०८१, सोमबार

जयनेपाल हलको कम्पाउण्डभित्र १५ फिट खन्दा भेटियो टुकुचा खोला

प्रकाशित मिति :  15 September, 2022 4:31 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाको टोलिल जय नेपाल हलको कम्पाउण्डभित्र उत्खनन् गर्दा टुकुचा खोला फेला पारेको छ ।

बिहीबार महानगरपालिकाको टोलीले हलको कम्पाउन्डभित्र टुकुचा खोला खोज्न डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगर स्रोतले जनाएको छ ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको उक्त खोला अतिक्रमण गरेर संरचना निर्माण गरिएको भन्दै स्थानीयवासीले उत्खननको माग गर्दै आएका थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस !