७ जेष्ठ २०८१, सोमबार

प्रभु बैंकले निक्षेपमा १५.१३ प्रतिशतसम्म व्याज प्रदान गर्ने

प्रकाशित मिति :  16 September, 2022 1:35 pm


काठमाडौं । बडादसैंको अवसरमा प्रभु बैंकले उच्च व्याजदरको प्रभु उन्नति खाता ल्याएको छ । बैंकले आउँदै गरेको बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपका रुपमा जम्मा गर्दा उच्च ब्याज पाइने ‘प्रभु उन्नति मुद्दति खाता’ ल्याएको हो।

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणका माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने छ भने
प्रभु उन्नति बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने छ ।
यो योजना आगामी असोज १ गतेदेखि लागू बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !