७ जेष्ठ २०८१, सोमबार

शुक्रबारको अन्तिम कारोबारको दिन १४ अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  16 September, 2022 2:50 pm


काठमाडौं । नेप्सेले गत जेठ महिनादेखि सुरु गरेको शुक्रबारको सेयर कारोबार आजदेखि बन्द भएको छ ।

नेप्से संचालक समितिको बैठकले असोज महिनादेखि लागुहुनेगरि शुक्रबार भइरहेको कारोबार बन्द गर्ने निर्णय गरेसँगै भदौ ३१ गते शुक्रबारको अन्तिम कारोबार हुने भएको छ ।

शुक्रबार हुने कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १४ अंकले घटेको छ भने कारोबार रकमपनि ९० करोडमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि २.२३ अंकले घटेर ३७१.९० अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

शुक्रबार नेप्सेमा कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड २३ लाख ३२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा आजको दिन नबिल ब्यालेन्स फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डको मूल्य ७.८७ प्रतिशतले बढेको छ

त्यस्तै आज मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको सेयरमूल्य ५.५९ प्रतिशतले घटेको छ ।

कूल २२० वटा कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८१ लाख ८६ हजार ४ सय ८८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बैंकहरुले व्याजदर निक्षेपको व्याजदर बढाउने भएपछि त्यसको प्रत्यक्ष असर सेयरबजारमा देखिएको लगानीकर्ताहरु बताउँछन् ।
अहिले बैंकहरुले उच्च व्याजदरको तालिका सार्वजनिक गरेसँगै बजारबाट सेयर निकाल्नेको भीड लागेको हुनाले बजारमा भारी गिरावट आएको सेयरबजारका जानकारहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !