७ जेष्ठ २०८१, सोमबार

आइएमईको दशैं अफर अन्नतर्रगत दोस्रो हप्ताका विजेताको नाम सार्वजनिक

प्रकाशित मिति :  16 September, 2022 3:14 pm


काठमाडौं । आइएमईले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर ल्याएको अफर अन्र्तगत दोस्रो हप्ताका विजेताको नाम सार्वजनिक गरेको छ । आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवतजस्ता चाडपर्वहरुका अवसरमा आम सेवाग्राहीहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको हो।

काठमाण्डौ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभमार्फत वितेताको नाम सार्वजनिक गरिएको थियो । जसअनुसार सेवाग्राहीहरु अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएकाछन्। दुवैले जनही रु। २५ हजार प्राप्त गर्नेछन्।

त्यस्तै सेवाग्राहीहरु ममता गुरुङ, कमला बुढाथोकी, सरिता लामा, रामसुन्दर कुशुवाहा महतो, लक्ष्मी जीसी, आयूष तमाङ र विदूर तमाङ मोक्तान दैनिक विजेता छनोट भएका छन्। उनीहरु प्रत्येकले एउटा–एउटा सामसुङ मोबाइल सेट उपहारस्वरुप प्राप्त गर्नेछन्।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित स्किम सञ्चालनमा छ। अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरुमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल उपहारस्वरुप प्रदान गरिनेछ। यसका साथै हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु। २५ हजार उपहारस्वरुप प्रदान गरिनेछ। त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रु। १० लाख उपहारस्वरुप प्रदान गरिनेछ।



प्रतिक्रिया दिनुहोस !