७ जेष्ठ २०८१, सोमबार

दसैका लागि अनलाइनबाटै अग्रिम टिकट बुकिङ्ग सुरू

प्रकाशित मिति :  16 September, 2022 3:58 pm


काठमाडौं । बस सेवा डटकमले दशैंको लागि अनलाईन मार्फत अग्रिम टिकट बुकिङ्ग सुरू गरेको छ । यात्रुहरूले नेपालका कुनैपनि गन्तव्यका टिकट आफ्नो मोबाइल मार्फत सहजै काट्न सकिनेछ ।

बुकिङ खुला भएसँगै यात्रुहरूले सहजै अनलाइनबाट दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यात्रुहरूले असोज १ गतेदेखि मोबाइलदेखि नै आफ्नो गन्तव्यको टिकट काट्न सक्ने कम्पनीले जनाएको छ ।

अनलाइन टिकट सुविधाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामीले विगतदेखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका थियौँ, यस पटक हाम्रो सिस्टममा पर्याप्त टिकटको व्यवस्था भएकाले घरबाटै टिकट बुकिङ्ग गरी सहज रुपमा यात्रा गर्नुहुन अनुरोध गर्दैछौँ ’ ।

अनलाइनबाट टिकट काट्न इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् ।

खनालका अनुसार मुलुकभर रहेका इसेवाका १ लाख ५० हजार भन्दा बढि एजेन्ट नेटवर्कबाट समेत टिकट काट्नु सकिने र खल्ती,आइएमईपेका एजेन्ट नेटवर्कका हरेक बैंकका मोबाइल र्बैकिङ्ग मार्फत समेत टिकट काट्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !