७ जेष्ठ २०८१, सोमबार

सेन्चुरी फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२२ सुरु, १५० कम्पनीहरुको सहभागिता

प्रकाशित मिति :  16 September, 2022 6:20 pm


काठमाडौं । सेन्चुरी फुड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२२ भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको छ । शुक्रबार देखि असोज २ गतेसम्म आयोजना हुने उक्त एक्सपोमा खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित रहने बताइएको छ ।

नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो रहेको जनाइएको छ । काेराेनाका कारण तीन वर्ष पश्चात आयाेजना भएकाे ‘सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२’ एक्स्पो विगतका वर्षहरु मध्ये सबैभन्दा महत्त्वपूर्ण रहेकाे आयाेजककाे दाबी छ ।

‘कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेका अवस्थामा यस बर्षको सेन्चुरी फूड एण्ड वेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरिदकर्ता र विक्रेताहरु बजारमा पुरानामध्ये अझै को–को कायम छन्, नयाँ को–को थपिएका छन् भन्ने मूल्याङ्कन पनि गर्ने आयोजकले जनाएको छ ।

हाल प्रार विश्व विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको अवस्थामा सेन्चुरी एफबीएच २०२२ ले यो कार्यक्रम आयोजना गर्न लागेको हो । सेन्चुरी एफबीएच २०२२ ले लगभग ३० हजार आगन्तुकहरूलाई आकर्षित र १५० कम्पनीहरुबाट करिब ५०० उत्पादन र सेवाहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !