७ जेष्ठ २०८१, सोमबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  18 September, 2022 12:11 pm


काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको ११८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० र चाँदीको मूल्य ११७० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !