२८ बैशाख २०८१, शुक्रबार

निर्वाचन आयोगबाट तीनजना पक्राउ

प्रकाशित मिति :  18 September, 2022 4:25 pm


काठमाडौं । निर्वाचन आयोगबाट तीनजना पक्राउ परेका छन् । आयोग परिसरमा नाराबाजी र होहल्ला गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटालाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !