२८ बैशाख २०८१, शुक्रबार

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणको लागि बोर्डले माग्यो आवेदन

प्रकाशित मिति :  18 September, 2022 6:20 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको सिफारिस र नयाँ ब्रोकर लाइसेन्स वितरणको लागि लागि निवेदन माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै बोर्डले योग्यता पुगेका संस्थाहरुबाट ३० दिन भित्र निवेदन दिन आव्हान गरेको छ ।

धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ लाई संशोधन गरेर अर्थ मन्त्रालय पठाएको थियो उक्त प्रस्ताव क्याबिनेटबाट पमरित भएपछि नेपालमा अर्को स्टक एक्सचेन्ज स्थापनाको बाटो खुुलेको हो ।

जस अनुसार नयाँ खुल्ने स्टक एक्सचेञ्जको पूँजी ३ अर्ब हुनेपर्नेछ । त्यस्तै, सो नियमावली अनुसार निजी क्षेत्रले पनि नयाँ स्टक एक्सचेञ्ज खोल्न पाउनेछन् ।

त्यस्तै धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुलेको हो । धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्न योग्यता पुगेका संस्थाले बोर्डमा आवेदन दिन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !