२८ बैशाख २०८१, शुक्रबार

धितोपत्र बोर्डले आध्यन्तलाई दियो लगानी कोष प्रबन्धकको इजाजत

प्रकाशित मिति :  19 September, 2022 12:57 pm


काठमाडौं । नेपाल धितोपत्र बोर्डले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडलाई नेपालमा लगानी कोष प्रबन्धकको रुपमा काम गर्ने गरी इजाजत प्रदान गरेको छ । सेबोन –विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत बोर्डले लगानी कोष स्थापना, व्यवस्थापन र प्रर्वद्धन गर्न अनुमति दिएको हो ।

लगानीकर्ताहरूका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यवसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमहरूलाई पुँजीमा पहुँच प्रदान गर्ने आध्यन्तका संस्थापक मनोज पौडेलले बताए।

‘सेबोनले देखाएको यस नवीनतम तथा रुपान्तरणकारी सोचले निजी पूँजीको परिचालन मार्फत नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ ।’ पौडेलले भने ‘आगामी दिनमा नेपालको सम्भावना र आकांक्षालाई सघाउने खालका व्यवसाय र नवउद्यमहरूको स्तरवृद्धि गर्न निजी पूँजीलाई उद्देश्यपूर्ण रूपमा परिचालन गरी राष्ट्रिय पूँजीको विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।’

कम्पनीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य प्रप्तिको उद्देश्यसहित नेपाललाई मध्य–आय भएको देशमा स्तरोन्नति गर्न प्राथमिकतामा रहेका क्षेत्रहरूलगायत उद्योग–व्यवसाय, पूर्वाधार, नवउद्यम, र अन्य क्षेत्रहरूमा लगानी परिचालन गर्ने पौडेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !