२८ बैशाख २०८१, शुक्रबार

दसैंमा घर जान दुई दिनमा १५ हजारले गरे टिकट बुकिङ

प्रकाशित मिति :  19 September, 2022 1:53 pm


काठमाडौं । दसैंमा घर जानको लागि दुई दिनमा १५ हजारले अग्रिम टिकट बुकिङ गरेका छन् ।

बितेको दुई दिनमा करिब १५ हजार यात्रुले दशैंका लागि अग्रिम टिकट बुक गरेको लोत्से बहुउद्देश्यीय प्रा.लि.का प्रबन्धक प्रकज मल्लले बताए ।

उनका अनुसार अधिकांश यात्रुले दशैं जान नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेको मल्लले जानकारी दिए ।

मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरुको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।

यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिबीच गत भदौ २२ गतेको निर्णयअनुसार यही असोज १ गतेदेखि लामो दूरीका सवारी साधनका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।



प्रतिक्रिया दिनुहोस !