२८ बैशाख २०८१, शुक्रबार

नेपाली कांग्रेसले ३ बजे समानुपातिकको सूची निर्वाचन आयोगमा बुझाउने

प्रकाशित मिति :  19 September, 2022 2:07 pm


काठमाडौं । नेपाली कांग्रेसले दिउँसो ३ बजे समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उम्मेदवारको बन्द सूची बनाइरहेको र ३ बजे निर्वाचन आयोगमा बुझाउने तयारी रहेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् । मधेस प्रदेशबाट विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना लगायतका शीर्ष नेताको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !