२९ बैशाख २०८१, शनिबार

समानुपातिककाे सूचि बुझाउन दलका नेता पुगे निर्वाचन आयोग

प्रकाशित मिति :  19 September, 2022 4:38 pm


काठमाडौ । समानुपातिक उम्मेदवारहरुको बन्द सूचि बुझाउन दलका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।

नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् भने बाँकी अन्य दलले पनि सूची बुझाउने क्रममा रहेको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !