३० बैशाख २०८१, आइतबार

कांग्रेसका गोपालमान श्रेष्ठ समानुपातिकमा सिफारिस

प्रकाशित मिति :  19 September, 2022 5:07 pm


काठमाडाैं । काँग्रेसले पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने तयारी गरेको छ ।

स्याङ्जा क्षेत्र नं १ र २ बाट प्रतिनिधिसभामा उम्मेदवारको रुपमा नाम सिफारिस हुनुभएका श्रेष्ठलाई समानुपातिकतर्फ राख्ने तयारी भएको हो ।

एक पदाधिकारीका अनुसार दुई सहमहामन्त्रीको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकमा उठाइने ती पदाधिकारीले बताए । त्यसैगरी पूर्वउपसभापति विमलेन्द्र निधिको नाम पनि समानुपातिकमा समेटिने भएको छ ।

कानुनबमोजिम प्रतिनिधिसभा र प्रदेशसभामा ४० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

जसअनुसार प्रतिनिधिसभाका २७५ मध्ये ११० जना र सातवटै प्रदेशसभामा २२० जना सदस्य समानुपातिकतर्फबाट निर्वाचित हुन्छन् । त्यसैका लागि दलहरुले सोमबारसम्म आ(आफ्नो दलका तर्फबाट आयोगमा उम्मेदवारको सूची दर्ता गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस !