३० बैशाख २०८१, आइतबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  20 September, 2022 11:39 am


काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको ११८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !