३० बैशाख २०८१, आइतबार

राष्ट्रपतिको कदमबारे केहीबेरमा गठबन्धनले धारणा सार्वजनिक गर्ने

प्रकाशित मिति :  21 September, 2022 12:17 pm


फाइल फाेटाे

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठक सकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि विचार विमर्शको लागि गठबन्धनको बैठक बसेको बालुवाटार स्रोतले जनाएको छ ।

राष्ट्रपतिको उक्त कदमबारे केही बेरमा गठबन्धनको धारणा सार्वजनिक हुने स्रोतले भन्यो अहिले धाराण सार्वजनिक गर्न ड्राफ्ट तयार भइरहेको को सबै कानुनी पाटाका विषयमा विज्ञप्ती मार्फत स्पष्ट पारिने छ ।

गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा छलफल बैठक बोलाइए पनि राष्ट्रपतिकै कदमको विषयमा बैठक केन्द्रित भएको थियो ।नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् ।

संघीय संसदले पारित गरेको नागरिकता विधेयक १५ दिनभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !