२९ बैशाख २०८१, शनिबार

कैलालीमा दुई जना मृत अवस्थमा भेटिए

प्रकाशित मिति :  21 September, 2022 1:00 pm


काठमाडौं । कैलालीको दुई ठाउँमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गदावरी नगरपालिका १२ शान्तिनगर र धनगढी उपमहानगरपालिका १ मा एक युवा र एक वृद्ध मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बडेला बुधबार बिहान आफ्नै घरको आँगनमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

बडेलाको टाउको र खुट्टामा चोट लागेकाले हत्या आशंकामा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका १ को कैलाली कारागार कैलाली पछाडि कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठारा मृत भेटिएका हुन् ।

जोशीकाअनुसार छोरीको घर आएका उनी मंगलबार साँझ बाहिर निस्किएका थिए । अबेरसम्म नफर्किएपछि खोजी गर्दै जादा बुधबार बिहान मृत भेटिएको जोशीले प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले मृतकको शव परीक्षणका लागि घटनास्थलबाट अस्पतालतर्फ लगिएको छ ।



प्रतिक्रिया दिनुहोस !