१६ बैशाख २०८१, आइतबार

आजदेखि राधी विद्युतकाे हकप्रद सेयर आवेदन खुला

प्रकाशित मिति :  21 September, 2022 3:11 pm


काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर जारी भएको छ । कम्पनीले आज असोज ५ गतेदेखि ९५ लाख कित्ता भन्दा बढि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:१:४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज भदौ १० गते, शुक्रबार कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज २५ गते बैंकिङ समयसम्म रहेको छ । त्यस्तै कम्पनीले उक्त हकप्रद सेयरम निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !