१६ बैशाख २०८१, आइतबार

अब न्यायिक र सडक आन्दोलन सँगै लैजान्छौं : प्रचण्ड

प्रकाशित मिति :  21 September, 2022 4:42 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विरुद्ध अदालत जाने बताएका छन् ।

प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए ।

संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएकाले अधिवक्ताहरूसँग परामर्श भइरहेको छ प्रचण्डले भने ‘हिजो राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने नागरिकता विधेयक गर्नैपर्ने थियो । राष्ट्रपतिले रातको १२ बजेसम्म संविधानको व्यवस्थाअनुसार रोक्ने कुनै अधिकार छैन ।

राष्टपतिको उक्त कदमको विषयमा गठबन्धनमा छलफल गर्यौं, राष्ट्रपतिको यो कदम सिंगो परिवर्तनविरुद्व भएको प्रचण्डले भने ।्
राष्ट्रपतिको कदम संविधानका विरुद्ध छ, लोकतन्त्रका विरुद्ध छ, गणतन्त्रका विरुद्ध छ र समावेशी समानुपातिक विरुद्ध छ’ प्रचण्डले भने– ‘यो देशका उत्पीडित क्षेत्र वर्ग र समुदायको हक अधिकारका विरुद्ध छ ।’

सडकमा युवा विद्यार्थी आन्दोलित भइरहेको बताए संविधानको अन्तिम व्याख्या गर्ने अधिकार अदालतमा रहेकाले अदालतमा जाने प्रचण्डको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !