१५ बैशाख २०८१, शनिबार

धादिङको गजुरीमा बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

प्रकाशित मिति :  22 September, 2022 1:01 pm


काठमाडौँ । धादिङको गजुरीमा विद्यालय जादैँ गरेको बालकलाई बसले ठक्कर दिदा घटना स्थलमा नै मृत्यु भएको छ ।

बिहीबार (आज) विहान पौने १० बजे गजुरिको आर्दश चोक स्थित जेब्राक्रसिङबाट विद्यालयतर्फ जाँदै गरेका बालकलाई ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आर्दश माध्यामिक विद्यालय कक्षा एकमा अध्ययनरत विद्यार्थी विजय परियारलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

उक्त दुर्घटना भएपछि अहिले गजुरी बजार तनावग्रस्त बनेको छ भने आक्रोशित स्थानीय र विद्यार्थीले विरोध प्रर्दशन साथै ठक्कर दिने उक्त बस तोडफोड गरेका छन् ।

आक्रोशित भीडको प्रर्दशनले अहिले पृथ्वी राजमार्ग अन्र्तगत गजुरी सडक खण्ड अवरुद्ध बनेको छ ।

स्थानीय र मृतक बालकका आफन्तले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !