२४ बैशाख २०८१, सोमबार

अभियोग पुष्टि नहुँदै नजरबन्द गर्नु राज्यआतंकको पराकाष्टा हो : ओली

प्रकाशित मिति :  22 September, 2022 2:36 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले प्रधानन्यायधीशको सुरक्षा खोसिएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले प्रधानन्यायधीश कस्तो भन्नेमा आफु नजाने कानुनअनुसार सबैसँग व्यवहार हुनुपर्ने बताए ।

‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ ? ओलीले भने फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन, संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन । तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’
ओलीले अहिले संसदको नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएकोले संसदको अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जाने बताए ।

तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो ओलीले भने । ‘कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ ?’,



प्रतिक्रिया दिनुहोस !