२४ बैशाख २०८१, सोमबार

वीर अस्पताल क्षेत्रका औषधी पसलमा महानगरले चलायो डोजर

प्रकाशित मिति :  22 September, 2022 2:49 pm


काठमाडौ. । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रमा बनेका अनाधिकृत संरचना हटाएको छ । बिहीबार महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि डोजर चलाएको हो।

अस्पतालदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन आजसम्म समय दिए पनि आजसम्म नहटाइएकोले डोजर चलाउनुपरेको महानगरले जनाएको छ।

फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको जनाएको छ ।

महानगरका अनुसार वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालन भइरहेको थियो ।



प्रतिक्रिया दिनुहोस !