२४ बैशाख २०८१, सोमबार

विहानदेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु, पीडितलाई उचित क्षतिपूर्ति दिने सहमति

प्रकाशित मिति :  22 September, 2022 4:02 pm


काठमाडौं । विद्यालय हिडेका बालकलाई बसले ठक्कर दिएर मुृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वि राजमार्ग खुलेको छ । बिहीबार विहान विद्यालय हिडेका ६ वर्षिय विजय परियारलाई बसले ठक्कर दिएर मृत्यु भएपछि स्थानीयले सडकमै शव राखेर प्रर्दशन गरेपछि सडक अबरुद्ध बनेको थियो ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले बाटो काट्दै गर्दा जेब्रा क्रसिङमै ठक्कर दिएपछि विजयको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीय आदर्श माध्यमिक विद्यालयमा कक्षा १ मा अध्ययनरत विजयको मृत्यु भएसँगै स्थानीय र सोही विद्यालयका विद्यार्थीले सडक अवरुद्ध गरेका थिए ।

विद्यार्थी र स्थानीयले लापरवाहीपूर्वक सवारी चलाएको भन्दै उक्त बसमा आगजनीसमेत गरेका छन् । चालकलाई हदैसम्मको कारवाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडकमै शव राखेर करिब ५ घण्टा सडक अवरुद्ध गरिएको थियो ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार शुक्रबार मृतकका परिवार र प्रमुख जिल्ला अधिकारीबीच वार्ता गर्ने र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिलाउने भएपछि आक्रोशित भिड शान्त भएको हो ।



प्रतिक्रिया दिनुहोस !