२४ बैशाख २०८१, सोमबार

नेप्से ९ अंकले घट्यो, कारोबार रकम ६५ करोडमा सीमित

प्रकाशित मिति :  22 September, 2022 4:24 pm


काठमाडौं । हिजो दोहोरो अंकले बढेको बजार आज भने पुनः ओरालो यात्रा तय गरेको छ । बिहीबार नेप्से परिसूचक ९ अंकले घटेसँगै कारोबार रकम पनि ६५ करोडमा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले घटेर ३५९.४३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ वटा उपसमुह मध्ये सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार पनि कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेडले अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ५८ लाख ६८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

यस दिन १० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८४ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ९.९३ प्रतिशतले घटेर ९ सय ८ रूपैयाँमा झरेको छ ।

कूल २२९ वटा कम्पनीको २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा ६५ करोड ५७ लाख ५ हजार एक सय ६९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !