२३ बैशाख २०८१, आइतबार

भीमफेदी बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति :  22 September, 2022 5:25 pm


काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका स्थित जुरिखेतमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । काठमाडौंबाट यात्रु लिएर हेटौडाको लागि छुटेको ना.३ ख ७८५८ नम्बरको बस भीमफेदीमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।
बस भिमफेदीकोको ओरालो सडकमा दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । प्रहरीका अनुसार मृतकहरुको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !