६ बैशाख २०८१, बिहिबार

लियो मिनी म्याराथनमा सुजन र पुष्पा प्रथम

प्रकाशित मिति :  25 September, 2022 11:24 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा शनिवार सम्पन्न भएको लियो मिनी म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री प्रथम भएका छन् ।

त्यस्तै दाङका मनोज रोका मगर दोस्रो र स्याङ्जाका गीर प्रसाद गुरुङ तेस्रो तथा पाल्पाका गिरमान श्रेष्ठ चौथो भएका हुन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार, १० हजार, र ४ हजार रुपैयाँ नगद सहित शिल्ड र मेडल पुरस्कार प्राप्त गरेका छन् ।

महिला तर्फ पुष्पा गुरुङ पहिलो, दिपकला सार्की दोस्रो र ईन्द्रमाया खत्री तेस्रो भएका हुन् । उनीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगद सहित शिल्ड र मेडल पुरस्कार प्राप्त गरेका छन् ।

लियो क्लव अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड प्रतियोगिता भएको थियो । ।



प्रतिक्रिया दिनुहोस !