२८ भदौ २०८३, आइतबार

हेम एण्ड माया फाउन्डेसनले दशैंमा एक हजार असहायलाई मासुभात खुवाउने

प्रकाशित मिति :  25 September, 2022 9:50 pm


काठमाडौं। बडादशैंको अवसरमा हेम एण्ड माया फाउन्डेसन नेपालले दशैको घरबार बिहीन, बेसहारा र सडक जीवन बिताइरहेकालाई मासुभात खुवाउने भएको छ ।

घरबारविहीन नागरिकलाई दशैंमा न्यास्रो नलागोस् भनेर काठमाडौ ,भक्तपुर, ललितपुर र कीर्तिपुर वरपर रहेका बेसाहारालाई दशैको मुख्य पाँच दिन हरेक दिन पाँच सय देखि एक हजार जनालाई खाना खुवाउन कार्यक्रम तय भएको अध्यक्ष हेम थापाले बताए।

अमेरीका रहेका थापा दम्पतीले आफ्नो कमाइबाट बचत गरेको रकमले फाउन्डेसनले मार्फत् समाजसेवाको काम गर्दै आएका छन्। काठमाडौंमा रहेका, उद्देश्य मिल्ने र समाजसेवीको साथले कार्यक्रम गर्न थालिएको फाउन्डेसनले बताएको छ।



प्रतिक्रिया दिनुहोस !