४ बैशाख २०८१, मंगलबार

न्युरोड क्षेत्रमा सवारी प्रवेशमा निषेध

प्रकाशित मिति :  26 September, 2022 3:11 pm


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारी साधन प्रवेश निषेध गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बढ्दो सवारी चापलाई ध्यानमा राखेर आजबाट न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।

यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रे समेतलाई कार्यालयले १० गते (आज) घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि प्रवेश निषेध गरेको हो।

न्यूरोड जाने सवारी साधनलाई अवस्था सामान्य नभएसम्म डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले ताेकेकाे मिति, समय र स्थानमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारी धनीमा अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !