१४ बैशाख २०८१, शुक्रबार

ठोरीको विकासमा सबैले हातेमालो गरौंः मन्त्री चौधरी

प्रकाशित मिति :  26 September, 2022 5:47 pm


काठमाडाैं । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन् ।

पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोड रुपैयाँका आयोजनाहरुको शिलान्यास गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

“भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौं, यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ,” उनले भने, ”यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरुको घुइचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’’

ठोरीलाई चिनाउनका लागि यसकाे प्रचार गर्न र विकासका आयोजनाहरु निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जननिर्वाचित प्रतिनिधिहरुले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !