१४ बैशाख २०८१, शुक्रबार

आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीलाई

प्रकाशित मिति :  27 September, 2022 12:58 pm


काठमाडौं । सर्वोच्च अदालका बरिठतम् न्यायाधीश हरिकृष्ण कार्की आजदेखि कायम मुकायम प्रधानन्यायाधीश नियुक्त भएका छन् । सर्वोच्चमा आज असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश नियुक्त भएका छन् ।
आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन् ।
त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन् ।
यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि असोज ११ गतेदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्न लागेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् ।
जबराको निलम्बनपछि ७ महिनाभन्दा बढी समय दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले । यद्यपि महाभियोगको टुङ्गो नलागेकै कारण उनी प्रधानन्यायाधीश नबनी बिदा हुन लागेका हुन् । असोज १६ गतेदेखि कार्की पूर्णरुपमा कामु प्रधानन्यायाधीश बन्नेछन् भने विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठतम् न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् ।



प्रतिक्रिया दिनुहोस !