१३ बैशाख २०८१, बिहिबार

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्रकाशित मिति :  28 September, 2022 8:15 am


सल्यान । सल्यानको कपुरकोटमा जीप भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक महिला र सात पुरूष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । थप एक जना घाइतेलाई उपचारका लागि दाङ तर्फ पठाइएको छ।

बिहे भोजमा लिएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललितवली रहेका छन् । जीपमा चालकसहित ९ जना सवार थिए ।



प्रतिक्रिया दिनुहोस !