१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं क्षेत्र नं. १ बाट रविन्द्र मिश्रको उम्मेदवारी घोषणा

प्रकाशित मिति :  30 September, 2022 2:32 pm


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आज आयोजित कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

दुई दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष भएर राप्रपा प्रवेश गरेका मिश्रले पहिल्यैबाट यस क्षेत्रमा लड्ने तयारी गरेका थिए । राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले आज औपचारिक घोषणा गरेका हुन् ।

‘म एउटा सशक्त सांसदको रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्नेछु ।’ मिश्रले भने ‘मैले झूटो आश्वासन दिएर भोट माग्दिन । मलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ् ।’

यतिका वर्षसम्म यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसदमा के भूमिका निभाए भन्दै मिश्रले प्रतिप्रश्न गरे ।

‘यो १५ वर्षमा कति दिन संसद चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसदमा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो? मिश्रले भने ।



प्रतिक्रिया दिनुहोस !