७ बैशाख २०८१, शुक्रबार

कुमारी बैंकद्वारा लाभांश घोषणा

प्रकाशित मिति :  30 September, 2022 3:26 pm


काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकको आज असोज १४ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरमा जाने भएपछि हाल दोश्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।



प्रतिक्रिया दिनुहोस !