७ जेष्ठ २०८१, सोमबार

भालुवाङ – लिवाङ सडकखण्ड २४ घण्टादेखि अवरुद्ध, सिमलचौरको पहिरो नहट्दा सयौं अलपत्र

प्रकाशित मिति :  8 October, 2022 5:40 am


चकचके (प्युठान) । भालुवाङ – लिवाङ सडकखण्डको ठाउँ ठाउँमा गएको पहिरोका कारण सयौंको संख्यामा यात्रु अलपत्र परेका छन्।

अविरल वर्षाका कारण बड्डडाडा – चकचकेबीचमा पर्ने सिमलचौर क्षेत्रमा ठूलो पहिरो गएका कारण चकचकेमा दर्जनौं गाडिमा सर्वसाधारण अलपत्र अवस्थामा छन्।

रोल्पा र प्युठानबाट दाङतर्फ जान पर्ने यात्रुहरु रोल्पाको लिवाङ, सुलिचौर तथा प्युठानको खलंगा, विजुवार लगायतका स्थानमा अलपत्र परेका छन्।

“पहिरो खुलेको र गाडि पनि आवतजावत भएको थाहा पाएर हामी (सुक्रबार) बिहानदेखि हिडेका हामी चकचकेमा अलपत्र छौं,” अधिवक्ता भोजराज आचार्य भन्छन्, “स्थानीय प्रशासनले बाटो पुन: बन्द भएको खबर समयमा नदिँदा धेरै अलपत्र परेको देखिन्छ।” सर्वोच्च अदालतमा वकालत गर्दै आएका आचार्य पेसी भेट्न नसक्ने अवस्थामा पुगेको बताए।

चकचकेमा अलपत्र परेकामा काठमाडौं, दाङ, नेपालगञ्ज लगायतका ठाउँमा पुग्न निस्केकाहरु हुन्। दशैं मनाउन थातथलो पुगेका हजारौं जनता गाउँ गाउँमा गएको पहिरोका कारण गाडि चढ्ने ठाउँमा समेत नपुग्ने अवस्थामा छन्।

“हामी त खुल्यो भनेर आएका हौं, चकचके पुगेपछि न बड्डाडातर्फ जान पाएका छौं र फर्केर जाने अवस्था छ, फर्कने ठाउँमा फेरि पहिरो गएपछि हामी बिचमा अड्कियौं,” नेपालगञ्ज हिडेका निरज जीएमले भने।

दिनभर चकचकेमा बाटो खुल्ने आस गरेका यात्रुहरु मध्ये कतिपय यात्रु सुक्रबार बेलुका नै पहिरोमाथि बाट बड्डाडातर्फ हिडेर गएका छन्। धेरै चकचकेमै बसेका छन् भने केहीले लिवाङतर्फ फर्कने बताए।

पहिरो माथिबाट हिडरेत यात्रा गर्दाे सर्वसाधारण। सिमलचौर – बड्डाडाडा क्षेत्रमा करीब ६ ठाउँमा ठूलो पहिरो रहेको बताइन्छ।

अलपत्र गाडि, यात्रु र पहिरो गएको सिमलचौरमा प्रहरी प्रशासन उपस्थित सुक्रबार रातीसम्म देखिएको छैन। बेलुकातिर केही समय पहिरो भएको ठाउँमा पुगेका जेसीबी पनि काम नसकि फर्केपछि यात्रुमा थप निरासा देखिन्छ।

यसबीच सुक्रबार राती चकचकेबाट लिवाङतर्फ जाने प्युठानको लामाचौरमा गएको पहिरो हटाएपछि केही संख्यामा गाडी आवत जावत गरेका छन्।

चकचकेमै सडक विभागको कार्यालय पनि छ। कार्यालय बाट निस्कने जेसीबी हेरेरै दिन विताएका अलपत्र यात्रु ति जेसीबी सिमलचौर पहिरो हटाउने नगएको देख्दा थप निरास बनेका हुन्।

सनिबार बिहानदेखि पहिरो हटाउन थालिने र १० बजेको सेरोफेरोमा खुल्न थाल्ने आश्वासन पाइएको आचार्यले बताए।

पहिरो खुल्ने आसमा लाइनमा लागेका गाडिहरु।



प्रतिक्रिया दिनुहोस !