२३ बैशाख २०८१, आइतबार

प्रचण्ड-बाबुराम एकताले जनयुद्ध सफल भयाे, अब समृद्धि अभियान सफल हुन्छः डा. भट्टराई

प्रकाशित मिति :  10 October, 2022 10:12 am


काठमाडौं । गोरखास्थित आफ्नो निर्वाचन क्षेत्रमा आफू पछि हटेर माओवादी केन्द्रका नेता पुप्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेद्वारी दिन लगाएका नेता बाबुराम भट्टराईले प्रचण्ड–बाबुरामको एकताले समृद्धि अभियान सफल हुने बताएका छन् ।

आइतबार उम्मेद्वारी दर्ताको बेलाको तस्बीर सार्वजनिक गर्दै उनले दश वर्षे जनयुद्ध प्रचण्ड–बाबुराम एकताबाट सफल भएको चर्चा गर्दै आफूहरु मिलेर समृद्ध नेपालको अभियान सफल बनाउने सन्देश दिएका हुन् । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रचण्डले मनोनयन दर्ता गराएका छन् ।

“प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठीन हुनु स्वाभाविक छ। तर जीवन र जगतको ‘युनिटी अफ – अपोजिट्स’ र ‘युनिटी-स्ट्रगल-ट्रान्सफर्मेसन’को नियम बुझ्नेलाई यो खीर खाए जत्तिकै सजिलो छ,” सोमबार सामाजिक सञ्जालनमा भनेका छन्, ”जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियो, अबको सम्बृद्धि(अभियान त्यसैबाट सफल हुन्छ।”



प्रतिक्रिया दिनुहोस !