१७ बैशाख २०८१, सोमबार

गल्याङ नगरपालिकामा सडेको अवस्थामा एक पुरुषको शव फेला

प्रकाशित मिति :  13 October, 2022 1:38 pm


स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा सडेगलेका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गल्याङ नगरपालिका वडा नम्बर ११ कालीगण्डकी नदीको किनारमा बुधबार शव सडेको अवस्थामा फेला परेको हो ।

उक्त शवको हालसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदम थापाले बताए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !