२३ बैशाख २०८१, आइतबार

अमेरिकामा नेपाल – भारतका गभर्नर भेट, डिजिटलाइजेसन तथा सीमा व्यापारबारे छलफल

प्रकाशित मिति :  13 October, 2022 4:41 pm


काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासबीच द्विपक्षीय भेटघाट भएकाे छ । वाशिङ्गटन डिसीमा भएकाे भेटमा दुई देशबीचको आर्थिक तथा व्यापारिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा आयोजित विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन पुगेका समयमा छुट्टै भेटवार्ता गरिएकाे हाे ।

मुद्राकाे डिजिटलाइजेनस, भुक्तानी तथा कारोबार चुक्ता व्यवस्थापन , दुई देशीय व्यापार, रेमिट्यान्स लगायतका विषयमा छलफल केन्द्रीत रहेकाे थियाे ।

द्वीदेशीय गभर्नर भेटघाट । तस्बिरः नेपाल राष्ट्र बैंक



प्रतिक्रिया दिनुहोस !