१७ बैशाख २०८१, सोमबार

सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिने

प्रकाशित मिति :  16 October, 2022 11:02 am


काठमाडौं । आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुरका महानगरपालिकाको कार्यालय परिसरमा राखिने भएको छ ।

किष्ट मेडिकल कलेजका अनुसार जोशीको पार्थिव शरीर अहिले अस्पतालमै रहेको र केहीबेरमै महानगर परिसरमामा पुर्याइने जनाएको छ । उनको पार्थिव शरीरलाई ४ बजेसम्म महानगर परिसरमा श्रद्धाञ्जली अर्पणका लागि राखिने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारी उच्च पदस्थका व्यक्तिहरु श्रद्धाञ्जली अर्पणका लागि ललितपुर महानगर परिसर पुग्ने बताइएको छ ।

श्रद्धाञ्जली अर्पणका पश्चात उनको पार्थिव शरीर किस्ट अस्पतालमै त्याइने छ । जोशीले आफ्नो शरीरका अगं दान गरिसकेकाले धार्मिक परम्परा अनुसार अत्येष्टि नहुने भएको छ ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !