२ जेष्ठ २०८१, बुधबार

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अन्तिम दिन, नेप्सेले ३२ वटा कम्पनिको सिफारिस बोर्डमा पठायो

प्रकाशित मिति :  17 October, 2022 12:38 pm


काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले यही असोज २ गते ३० दिनभित्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दिन आह्वान गरेको थियो ।

जसअनुरुप नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कम्पनीहरुले माग गरेकाे नयाँ ब्रोकर लाइसेन्सको लागि सिफारिस पठाउने भएको छ।

आइतबार कार्यालय समयसम्म ३९ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेको नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले जानकारी दिए ।

पराजुलीले भने ‘हिजो कार्यालय समय सम्म ३९ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सको लागि सिफरिस माग गरेका थिए, जसमध्ये ३२ वटा कम्पनीलाईलाई लाइसेन्स दिन हिजो नै बोर्डमा सिफारिस पठाएका छौं, बाँकी ७ वटा कम्पनीको आवदेन आज आउँने आवेदनसँगै पठाउने तयारी रहेको छ ।’

धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग)मा धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ ।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ ।

पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी एक अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !