५ जेष्ठ २०८१, शनिबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदै

प्रकाशित मिति :  20 October, 2022 8:23 am


कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हुँदैछ । असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहिबार विशेष समारोहका बिच समापन गरिनेछ ।

समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ । सोअवसरमा पोखरा महानगरले आज एक दिन विशेष विदा दिएको छ ।

महानगरले आज एक सूचना जारी गरी राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहका लागि महानगरपालिकाका महाशाखा तथा शाखा, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयमा दिउँसो १ बजेपछि विशेष बिदा दिइएको जनाएको छ ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस !