१२ श्रावण २०८१, शनिबार

सङ्क्रमितका आफन्तको ८४ प्रतिशत ‘कन्ट्याक ट्रेसिङ’ सकियो

प्रकाशित मिति :  1 April, 2020 6:57 pm


काठमाडाैं, १९ चैत । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)का सक्रमितसँग सम्बन्धित सबैको ८४ प्रतिशत निगरानी (कन्ट्र्याक ट्रेसिङ) सकेको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएकाका परिवारका सदस्य, साथीको निगरानी (ट्रेसिङ) ८४ प्रतिशत सकेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका सङ्क्रमित व्यक्तिका परिवारका १२ जनाको नमूना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

अन्य सङ्क्रमितका परिवारको नमूना परीक्षण गर्दा सबैको कोभिड–१९ नेगेटिभ आएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई जना र बागलुङमा एक जना सङ्क्रमितको उपचार भइरहेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार अहिलेसम्म एक हजार १३३ को कोभिड–१९ परीक्षण गरिसकिएको छ ।

यसैगरी मोबाइल एपमा आएका सम्भावित लक्षणका आधारमा १२ जनामा ज्वरो र खोकी लागेकाले तिनीहरुको पनि नमूना परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । बारामा निधन भएका एक जना दुर्घटनासम्बन्धि बिरामी भएको उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !