१९ मंसिर २०८२, शुक्रबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

प्रकाशित मिति :  31 October, 2022 3:15 pm


काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि १६.५१ प्रतिशत लाभांश गर्ने घोषणा गरेको हो ।

बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहश्रलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !