१९ मंसिर २०८२, शुक्रबार

प्रतितोला ५ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

प्रकाशित मिति :  2 November, 2022 11:41 am


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल र तेजाबी सुन तोलामा ५ सय रूपैयाँले बढेको हो ।

मंगलबार तोलाको ९३ हजार १०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार तेजाबी सुन तोलाको ९२ हजार १०० रूपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २१५ रूपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !