१४ बैशाख २०८१, शुक्रबार

अमेरीकामा कोरोनाको संक्रमण भयावह बन्दै, २ लाख भन्दा धेरै संक्रमित, ४७ सयको मृत्यु

प्रकाशित मिति :  2 April, 2020 7:41 am


 

काठमाडौं,२०चैत ।

अमेरीकामा कोरोना भाइरसबाट संक्रमितको संख्या २ लाख भन्दा माथी पुगेको छ । जोन हाप्किन्स विश्वविद्यालयको ताजा तथ्याङ्क अनुसार अमेरीकामा अहिलेसम्म २ लाख १३ हजार मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ हजार ७ सय पुगेको छ ।

संक्रमित मध्य सबैभन्दा ठूलो संख्या न्यूयोर्कमा छ । न्यूयोर्कका गर्भनर एन्डू कुओमाले बाँकी राज्यमा पनि स्थिति भयावह हुनसक्ने चेतावनी दिएका छन् । यसअघि मंगलबार मात्रै अमेरीकी उपराष्ट्रपतिले अमेरीकामा कोरोनाको महामारी इटलीको जस्तै हुन सक्ने भन्दै चेतावनी दिएका थिए ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना टास्क फोर्स सम्बन्धि एक पत्रकार सम्मेलनमा भनेका छन्,‘तपाई एक मास्को स्टेरिलाईंज गरेर पटक पटक प्रयोग गनुसक्नुहुन्छ, एउटा एन— ९५ मास्क को स्टेरिलाईंज गरेर तपाई कम्तिमा २० पटक प्रयोग गर्न सक्नुहुन्छ ।’ राष्ट्रपति ट्रम्पको भनाईले अमेरिकामा मेडिकल जन्य सामाग्रीको अभाव सुरु भएको छ ।

उनले देशमा मास्क,ग्लोब्सजस्ता मेडिकल सुरक्षा उपकरणको कुनै कमि हुन नदिन सरकारले पुरा कोसिस गरिरहेको बताएका छन् । ट्रम्पले देशभित्र मेडिकलजन्य सामाग्रीको उत्पादन बढाउने मात्रै होइन बाहिरबाट समेत ल्याउने प्रयास भईरहेको जानकारी गराएका छन् ।

भारतमामात्रै कोरोनाका कारण ४१ जनाको मृत्यु भएको छ भने १८ सय ३४ जना संक्रमित भएको पुष्टि भएको छ र यो तथ्याङ्क बढ्ने क्रममा छ । अहिलेसम्म विश्वभर ४६ हजार मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख पार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !