६ बैशाख २०८१, बिहिबार

गण्डकी सरकारले गर्‍यो करको दर घटाउने निर्णय खारेज

प्रकाशित मिति :  7 November, 2022 12:58 pm


काठमाडौं । निर्वाचन आयोगले कर गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णय दोस्रो पटक स्पष्टीकरण सोधेपछि खारेज गरेको छ। गण्डकी प्रदेश सरकारले करको दर घटाएपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो ।

बुधबार पनि दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो । तर, मुख्यमन्त्री कार्यालयमा सोमबार मात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले आचारसंहिता लागु हुनुपूर्व नै करको दर घटाएको भएपनि राजपत्रमा आचारसंहिता लागु भएपछि गरे प्रकाशन गरेको थियो । निर्वाचन आचारसंहिता लागु हुनुभन्दा अघि नै मन्त्रिपरिषद्को निर्णयले गरेको थियो ।

प्रदेश सरकारले मंगलबार नै करको दर खारेज गरेको स्पष्टीकरण पठाउने भएको मुख्यमन्त्रीकार्यालयका एक कर्मचारीले बताए ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड खमा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !